जनता टाइम्स

२ भाद्र २०७८, बुधबार १७:३३

एमाले फुटाएका माधव नेपाललाई पहिलो गाँसमै ढुङ्गा


काठमाडौं, भदौ २ । नेकपा एमाले फुटाएका माधवकुमार नेपाललाई पहिलो गाँसमै ढुङ्गा भएको छ । नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न पुगेका उहाँले किताब चिन्ह राख्न खोज्नुभयो । तर, उक्त चिन्ह निर्वाचन आयोगमा दर्ता भएको दलले पहिल्यै छानिसकेको परेको छ । किताब चिन्ह राखेर माधव नेपालले दल दर्ता गर्न लागेको थाहापाएर उक्क्त लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य बताउने बोधराज न्यौपानेले किताब चिन्ह आफूहरुको भइसकेको भनेर उजुरी समेत दिइसकेको बताउनुभयो । उक्त दलको अध्यक्ष स्वागत नेपाल हुनुहुन्छ ।

यसअघि माधव नेपाललाई पार्टी विभाजनमा नेपाल पक्ष कुनै पनि एमाले पदाधिकारीले साथ दिएनन् । अष्टलक्ष्मी शाक्यले समेत साथ छाडिन् । भीम रावलले साथ छाडिसकेका छन् । गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्यले समेत साथ दिएनन् । सुरेन्द्र पाण्डे पनि एमाले विभाजनको पक्षमा गएनन् ।