काठमाडौं, भदौ ४ । एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई कडा दनक दिनुभएको छ । नेपालमा परमादेश धाराबाट सरकार र अध्यादेश धाराबाट पार्टी गठन भएको भन्दै बाँस्कोटाले हुँदै नभएको धारा चाँहि कहाँबाट आयो भन्दै प्रश्न गर्नुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले माधव नेपालको पार्टीले पाएको चुनाव चिन्ह किताबलाई पनि व्यंग्य गर्नुभएको छ । ‘परमादेश धाराबाट सरकार ढाले होला त भनियो । अध्यादेश धाराबाट पार्टी खोले त्यो पनि छ होला भनियो । तर हुँदै नभएको किताब धाराचाँही कहाँबाट ल्याइयो ?’ बाँस्कोटाले भन्नुभएको छ । ‘यो साइपालदेखि कञ्चनजंघासम्मको प्राकृतिक जलधाराा त हुँदै होइन ।’
आफू एमसीसीको विरुद्धमा उभिने संकेत गर्दै बाँस्कोटाले लेख्नुभएको छ ‘पक्कै यो चाँही एकनाथ धारा वा एमसीसी ६०७ को ५.५ होला ।’ एमसीसीको यो धारा देश हित विपरित रहेको बाँस्कोटाको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्