जनता टाइम्स

४ भाद्र २०७८, शुक्रबार १२:४७

फेरि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ आज कारोबार ?


काठमाडौं, भदौ ४ । आज सुनचाँदीका भाउ बढेको छ । बिहिबार तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पुनः बढेको हो । आज तोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ९० हजार ७ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ९५ रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार १९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ७६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २४ रुपैयाँ ५० कायम गरेको छ ।