जनता टाइम्स

१२ भाद्र २०७८, शनिबार ०८:५९

अमेरिकाले लग्यो बदला : काबुल विमानस्थल विस्फोटका योजनाकार मारिएको गर्यो दाबी


काठमाडौँ, १२ भदौ । अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा ड्रोन हमला गरेको छ ।नानगहार प्रान्तमा भएको सो आक्रमणमा आइएस–के समूहका योजनाकार मारिएको अमेरिकी सैनिक अधिकारीहरुले जनाएका छन् ।मारिने व्यक्ति गएको बिहीबार काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित १७० जनाको ज्यान जाने गरि भएको आक्रमणका योजनाकार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।काबुल विमानस्थलको गेटमा बिहीबार भएको आत्मघाती बम आक्रमणको जिम्मा ‘आइएस–के’ ले थिएको थियो ।