जनता टाइम्स

१४ भाद्र २०७८, सोमबार ०६:५४

श्रद्धा र रोहणको सम्बन्धबारे बोले शक्ति कपूर


काठमाडौं, १४ भदौ । मिडियामा बलिउड एक्ट्रेस श्रद्धा कपूरको विवाहको खबरले चर्चा पाइरहेको छ । नेपाली मुलका फोटोग्राफर रोहण श्रेष्ठसँग उनको विवाह हुने खबरले नेपाली मिडियामा राम्रो स्थान पाइरहेको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन ।टाइम्स अफ इन्डियाको एक अन्तर्वार्तामा अभिनेता शक्ति कपूरले आफूलाई यसबारे जानकारी नरहेको बताउनुभएको छ ।

‘रोहणको पितासँग मेरो पुरानो चिनजान छ । उनीहरु हाम्रो घरमा आइरहेका हुन्छन्,’ शक्तिले भन्नुभएको छ,‘तर श्रद्धासँगको विवाहबारे केही कुरा भएको छैन ।’ श्रद्धाले विवाहको बारेमा बताए आफूलाई कुनै आपत्ति नहुने समेत उहाँले प्रस्ट्याउनुभयो ।

‘मसँग श्रद्धा मात्र होइन छोरा सिद्धान्तले पनि कुरा गर्न सक्छन्,’ उहाँले थप्नुभयो । उहाँले यो समय आफ्नो करियरमा ध्यान केन्द्रित गर्न सुझाव दिने गरेको बताउनुभयो । केही वर्ष यता श्रद्धाको नाम फोटोग्राफर रोहणसँग जोडिएको छ । यी दुईलाई फिल्म हलसँगै विभिन्न इभेन्टमा पनि स्पोट गरिएको छ । तर, सम्बन्धको बारेमा केही बोल्नुभएको छैन ।