मकवानपुर, १६ भदौ । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिनुभएको छ । एकीकृत समाजवादीका लागि हिजो सनाखत गरेका उहाँले आज विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाउनुभएको हो ।
उहाँ एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्