काठमाडौँ, भदौ १७ । राप्रपाका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र पुगेपछि टिक्नको लागि विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी शेरबहादुर देउवा नेतृत्वको सरकारबाट जनताले न्यायको आश गर्न नसकिने ठोकुवा गर्नुभएको छ ।भारतीय सुरक्षाकर्मीले तुहिन काटी जयसिंह धामीको मृत्यु प्रकरणमा देउवा नेतृत्वको सरकारले उक्त घटना बङ्ग्याउन खोजेको आरोप लगाउँदै अध्यक्ष थापाले कुर्सीलाई टिकाउन विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी प्रवृक्तिले राष्ट्रको हित र स्वभिमानको रक्षा गर्न नसक्ने बताउनुभयो ।उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘भारतीय सुरक्षाकर्मीले तुईनको डोरी काटि दिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउने आशा गर्न सकिन्न । सत्तामा पुग्न र पुगेपछि टिक्न विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी प्रवृत्तिले राष्ट्रको हित र स्वाभिमानको रक्षा गर्न सक्दैन । जयसिंह धामीलाई न्याय देउ ।’
आत्मसमर्पणवादी देउवा सरकारबाट न्यायको आशा गर्न सकिन्नः अध्यक्ष थापा













प्रतिक्रिया दिनुहोस्