जनता टाइम्स

१९ भाद्र २०७८, शनिबार १५:३२

गरिवमारा सरकारलाई विकास होला भन्ने पीर छ : अध्यक्ष ओली


काठमाडौं, भदौ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार गरिवमारा सरकार भएको बताउनुभएको छ । आज काठमाडौं महानगरपालिकाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सरकार गठन हुनासाथ विकास निर्माणका काम एकपछि अर्को भत्काउँदै गएको बताउनुभयो । उहाँले आफ्नो सरकारले उत्घाटन गरेका सम्पूर्ण सडक रोक्न काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, नेपाली जनतालाई छक्याएर, विकास निर्माणको गतिलाई रोकेर, कर्मचारीतन्त्रभित्र आतंक गराइएको, उसलाई हटाएको छ, कसैलाई सरुवा गरेको छ, भूमिहिन सुकुम्वासीलाई दुख दिएको छ । यो सरकारले बजेट रोकेर बसेको छ, युवाले रोजगारीमा पाएकोमा यीनिहरु अत्यन्त चिन्तित छन् । उनिहरुका मान्छेले मात्रै पाउनुपर्छ । कसलाई खुसि पार्न हो थापा भएन, तर केही एक/दुई जना खुसि नि होलान् ।’