काठमाडौं, कात्तिक २ । नबिल बैंकका डेपुटी जनरल म्यानेजर मनोजकुमार ज्ञवाली महाप्रबन्धकमा बढुवा हुनुभएको छ । बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको हो।
ज्ञवालीले नायब महाप्रबन्धक पदमा हुँदा बैंकिङलाई भ्यालु एडिसनमा लैजान मद्दत गरेको भन्दै सञ्चालक समितिले महाप्रबन्धकमा बढुवा गरेको बैंकले जनाएको छ । नबिल बैंकमा महाप्रबन्धकले डेपुटी प्रमुख कार्यकारीको हैसियतमा काम गर्न पाउने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्