जनता टाइम्स

३१ श्रावण २०७५, बिहीबार १०:५२

दोस्रो मिष्टर एभरेष्ट बडिविल्डिङ हुने


अमात्यले दिए।

शुक्रबार प्रि जजिङ राउण्ड संचालन हुने र शनिबार फाइनल चरणको खेल राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा संचालन हुनेछ। प्रि जजिङ राउण्डको खेल ह्वाइट फिल्ड स्कुल खुशीबुमा संचालन हुनेछ। प्रतियोगितामा मेन्स बडिविल्डिङ र मेन्स फिजिक्स तथावुमेन्स फिटनेसमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।

मेन्स बडिविल्डिङ अन्तर्गत ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथीको तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। मेन्स फिजिक्स तर्फ १ सय ७० सेन्टिमिटर हाइट र त्यो भन्दामाथी हाइट भएका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ।

यता महिला फिटनेश तर्फ १ सय ६० सेन्टिमिटर हाइट र त्यो भन्दामाथी हाइट भएका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा ओभर अल विजेताले नगद तीन लाख रुपैया प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न समुहका विजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको संघका महासचिव अजय बज्राचार्यले जानकारी दिए। यसै प्रतियोगिता मार्फत पहिलो पटक नेपालमा आयोजना हुन लागेको मेन्स फिजिक्स र वुमेन्स फिटनेस इभेन्टसका विजेता खेलाडीले पनिनगद पुरस्कार पाउने बताइएको छ।

अनुमानित ३० लाख रुपैया खर्च हुने सो प्रतियोगितामा सहभागी हुन काठमाडौं बाहिरबाट आउने खेलाडीलाई दैनिक भत्ताको पनि व्यवस्था गरिएको आयोजकले जनाएका छन्। पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा विजेता हुने खेलाडीले स्पेनमा हुने विश्व च्याम्पियनसीपमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन्।