जनता टाइम्स

२१ पुष २०७८, बुधबार १९:२९

सञ्चार राज्य मन्त्री कर्ण दुर्घटनामा घाइते


सप्तरी, २१ पुस । प्रदेश नम्बर २ को आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्री रुबीकुमारी कर्ण आज दुर्घटनामा घाइते हुनुभएको छ ।

छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारीमा एक महिना अगाडि हत्या गरिएको वृद्धको परिवारसँग भेटघाट गरी सोही गाउँपालिका–१ बरही वीरपुरमा एक हप्ता अघि हत्या गरिएकी महिलाको परिवारसँग भेटघाटका लागि जाने क्रममा छिन्नमस्ता सडक खण्डस्थित जोलहनिया पुल नजिक गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।

मन्त्री कर्णको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।