विपिन देव
२६ जनवरीका दिन भारतमा गणतन्त्र दिवस मनाउने गरिन्छ । उक्त अवसरमा भारतले गरेका प्रगति र सफलताका वारेमा व्यापक विमर्श गरिन्छ । भारतको गणतान्त्रिक विकासको पाटोमा हिन्दुत्वको भूमिका वारेमा पनि व्यापक वहस गर्ने परिपाटी चलिआएको छ । गान्धी र नेहरुको छत्रछायामा पल्लवित र पुस्पित भारतीय राष्ट्रिय काङ्ग्रेसले हिन्दुत्व विचारधारा वोकेका पार्टी भारतीय जनता पार्टीलाई जडसुत्रवादी चिन्तनवाट प्रभावित पार्टीको रुपमा आरोपित गर्दै आएका छन् भने माक्र्सवादको आवरणमा रहेका कम्युनिष्ट पार्टीहरूले पनि भारतीय जनता पार्टीलाई धर्मनिरेपक्ष विरोधी पार्टीको रुपमा ठहर गरेका छन् । वास्तवमा भारतको गणतान्त्रिक विकासमा हिन्दुत्व चिन्तन धाराको भुमिकाको विश्लेषण आपैmमा उच्च वौद्धिक व्यायाम जस्तो देखिन्छ ।
हिन्दुत्व चिन्त धाराको चर्चा गर्दा सर्वप्रथम विर सावरकारको वारेमा चर्चा गर्न आवश्यक देखिन्छ । “सावरकार” को जीवनीकार विक्रम सामपदले सावरकारको जीवनको केहि अनध्यारो कुनालाई आलोकित गरेका छन् । सावरकार कवि, समाज सुधारक प्रखर र क्रान्तीकारी थिए । गान्धीको राजनैतीक आगमन भन्दा पहिले उनले विदेशी लुगामा आगो लगाए र प्रकितात्मक रुपले अंग्रेजलाई विरोध गरेका थिए भने छुवाछुतको विरोध स्वरुप समाजका ती दमित व्यक्तिहरूलाई मन्दिर प्रवेश गराएर उनले समाजिक र धार्मिक आन्दोलनको उद्धोष गरेका थिए । कविताको माध्यमवाट समाजीक रुपान्तरको विगुल फुक्ने सावरकर नै थिए । उनको प्रसिद्ध कविता “चन्द्रागिरी”, र “वालविधवा” हुन् । सावरकरको भेट माहात्मा गान्धीसंग वेलायतमा भएको थियो । गान्धीको अहिंसात्मक दर्शनवाट सावरकर प्रभावित थिएन ।
अंग्रेजलाई भारतवाट धपाउन उनले शसस्त्र क्रान्तिको लागि अपिल गरेका थिए । उनमा पुस्तक “इण्डियन वार अफ‘ इण्डेपेन्डेन्स” प्रकासित हुन भन्दा पहिले नै प्रतिवन्धित भएका थिए । अंग्रेजले कैद गरेर वेलायतवाट भारत फर्कदा सामुद्रिक वाटोमा उनले समुद्रको पानी जहॉजवाट हाम फालेर अद्भुत विरताको परिचय दिएता पनि उनी वन्दि बनाइए र कालान्तरमा उनलाई अन्डोवार निकोवारको कालापानीमा कैदी बनाइयो । मानव इतिहासमा अधिक यातना दिने जेलको रुपमा कालापानीलाई लिइन्छ । सावरकर कलम र कापीवाट समेत बन्चित थिए । जेलको प्रर्खालमा किल्लाको माध्यमवाट कविता लेख्दै भारतको स्वतन्त्रताको लागि अपिल गर्ने सावरकर नै थिए । साबरकरको दार्शनिक प्रस्तावान नै हिन्दुत्व हो । अर्थात हिन्दु दर्शनको माध्यमवाट समाजिक र आर्थिक रुपान्तरणको लागि सावरकरले अपिल गरेका थिए ।
सावरकर पछि यो चिन्तन धारालाई वैचारिक र सांगठनिक धरातल दिने काम डा. श्यामा प्रसाद मुखर्जीले गरे । ३४ वर्षको उमेरमा उच्च शिक्षाविद्वको रुपमा विश्व विद्यालयको उपकुलपति रहेका डा. मुखर्जी वंगाल विभाजनका कटर विरोधी थिए । भारतीय सदनमा उनलाई भारतीय सांसदको सिंह भनेर सम्वोधित गरिन्थ्यो । गान्धीजीको आग्रहमा नेहरुले उनलाई आप्mना मन्त्रीमण्डलमा राखेका थिए तर डा. मुखर्जीलाई नेहरुको काश्मिर नीति पॉच्य थिएन । काश्मिरमा छुट्टै झण्डा र छुट्टै कानुन थियो । काश्मिरमा प्रवेश गर्न कुनै पनि भारतेलीलाई एक प्रकारको स्वीकृती पत्र लिनु पथ्र्यो । डा. मुखर्जीले यसलाई राष्ट्रिय वहसको मुद्दा बनाए । एक देशमा एक विधान, एक प्रधान र एक निशान” मात्र हुनु पर्दछ भने डा. मुखर्जीको आग्रह थियो । काश्मिरको कानुन उनले तोड्दै काश्मिर प्रवेश गरेर तत्कालीन काश्मिरका शासक शंखर अब्दुलाले उनलाई गिरफ्तार गरे । डा. मुखर्जीको रहस्मय रुपले जेलमा निधन भयो । हिन्दुत्वको नारा धनिधुत रुपमा वढ्दै गयो ।
डा. वलिराम हेडेगेवर र ग्वालवालकर (गुरुजी) ले हिन्दुत्वलाई जीवन दर्शन र चरित्रको रुपमा व्याख्या गरे । ग्वालावलकारले आप्mनो दर्शन आप्mना कालजयी कृती “वन्च अफ‘ थौट” मा उल्लेख गरेका छन् । राष्ट्रिय स्वंय सेवक संघको विस्तार र विकासमा श्री गुरुजीको भूमिका सबभन्दा प्रमुख देखिन्छ । श्री गुरुजी राजनीति संस्कारमा जोड दिन्थै । गान्धी स्वंय श्री गुरुजीको कार्यशैलीवाट प्रभावित थिए । श्री गुरुजीको आग्रहमा स्वंय गान्धी पनि आर.एस.एस.को शिविरमा निरिक्षण गरेका थिए । राजनीति कार्यकर्तामा उच्च कोटिको संस्कार र सर्मथण भएमा मात्र राजनीति स्वस्थ्य हुन्छ भने श्री गुरुजीको आग्रह थियो । संस्कार र सर्मपणलाई हिन्दुत्व दर्शनसंग जोड्दै श्री गुरुजीले यसलाई राष्ट्रिय अभियानको रुपमा अगाडि बढाए । हिन्दुत्वको विकासमा दार्शनिक रुपमा सर्वाधिक योगदान दिने पण्डित दिन दयाल उपाध्याय हुन् । उनले र्“एकात्मक मानववाद” को प्रस्तावना अगाडि सारे । कम्युनिष्ट पार्टीको कम्युनिष्ट मेनिफेस्टो झै एकात्मक मानववदा” वि.जे.पी.को लागि दार्शनिक दिगर्दशन हो ।
वास्तवमा एकात्मक मानववादले साम्यवाद र पू‘जीवादको प्रस्तावनालाई खारेज गर्दछ । साम्यवादी र पू‘जीवादीले मानवलाई वस्तुवादीको रुपमा जिकिर गरेर पू‘जीलाई केन्दूमा राख्दछ भने दुईवटै शासन प्रणालीले केन्द्रिकरणलाई अंगिकार गर्दछ तर एकात्मक मानवादले पू‘जीवाद र साम्यवादी प्रस्तावनालाई खारेज गर्दै मानवलाई वस्तुवादीको रुपमा व्याख्या गर्दैन । एकात्मक मानववाद अनुसार उच्च कोटिको शासन प्रणालीको उद्देश्य नै नरलाई नारायणमा रुपान्तरण गर्नु हो । जसरी प्रत्येक परिवार त्यागवाट नै बलियो हुन्छ । तदनुरुप नै राष्ट्रको विकास व्यक्तिहरूको त्यागवाट मात्र सम्भव छ । एकात्मक मानववादले मानवको अध्यात्मिक चेतलाई जोड दिएको छ । अर्थात् निष्ठा र त्याग विना राज्य सत्ता संचालन सम्भव नरहेको कुरा दिन दयालको ठहर थियो । सत्तरीको दशक जनशंधले जे.पी.को नेतृत्वमा र प्रजातन्त्रको पक्षमा संर्घष गरे । जे.पी. आन्दोलनको राप र तापले गर्दा जनता सरकार मुरारजी देसाइको नेतृत्वमा गठन भयो ।
जनसंघले पनि सरकारमा सहभागीता पायो । वाजपेयी परराष्ट्र मन्त्रीको भुमिका पाए भने लाल कृष्ण आडवाणी सूचना तथा संचार मन्त्रीको रुपमा अभिभारा पाए । कालान्तर विभिन्न राजनीतिक परिस्थितीले गर्दा जनसंघ भारतीय जनता पार्टीका रुपमा परिर्वतित भए । हिन्दुत्व चिन्तन धाराको आधारमा भारतीय जनता पार्टीले अटल विहारी वाजेपेयी र मोदीसम्मलाई प्रधानमन्त्री बनाइसकेका छन् । लाल कृषण आडवाणी आफ्ना पुस्तक “माई अनर टु नेशन”मा जनसंघदेखि भारतीय जनता पार्टीको परिर्वतनसम्म सम्पूर्ण आरोह र अवरोहलाई आलोकित गरेका छन् । भारतीय राजनीतिमा हिन्दुत्व एउटा राजनीति भाष्यको रुपमा विकसित भएको छ जसको वाछिटा नेपालमा पनि वेला वखतमा देखिएको छ । यस अर्थमा भारतको गणतान्त्रिक विकासको यात्रामा हिन्दुत्वलाई पृथक राख्न सकिदैन । गणतन्त्र दिवसको अवसरमा शुभकामना ।













प्रतिक्रिया दिनुहोस्