जनता टाइम्स

२४ माघ २०७८, सोमबार ०६:२९

यस्तो ठाउँ जहाँ ७० वर्षदेखि मान्छे मरेका छैनन्, कारण थाहा पाउँदा तपाई छक्क पर्नुहुन्छ


एजेन्सी/ संसारमा धेरै अनौठा ठाउँहरू छन्, जसलाई थाहा पाउँदा मानिसहरू विश्वास गर्न सक्दैनन् । एउटा यस्तो ठाउँ छ जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ ।आउनुहोस् हामी तपाईंलाई यो अनौठो ठाउँको बारेमा बताउँछौं जहाँ ७० वर्षमा कुनै पनि मानिसको मृत्यु भएको छैन । यो सुन्दा तपाईंलाई अनौठो लाग्न सक्छ तर यो पूर्ण सत्य हो ।

त्यहाँ कोही पनि बस्दैन होला भन्ने प्रश्न पनि मनमा लाग्न सक्छ, तर त्यस्तो होइन । यहाँ मान्छेहरू पनि बस्छन् । तर, यो अनौठो ठाउँमा कसैको मृत्यु भने भएको छैन ।यो अनौठो ठाउँ नर्वेमा छ । यहाँ धेरै सुन्दर ठाउँहरू छन्, जसकारण यो विश्वको प्रसिद्ध पर्यटकीयस्थलहरूमा समावेश छ । नर्वेको यो ठाउँको नाम लङ इरबेन हो । यो ठाउँमा कोही मर्न सक्दैन, यसको कारण थाहा पाएपछि तपाईंको मनमा प्रश्न उठ्नेछ कि यस्तो किन ?

नर्वेलाई मिडनाइट सन पनि भनिन्छ । यो देशमा मे महिनादेखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन । यहाँ ७६ दिन लगातार दिन हुन्छ र रात हुँदैन । यहाँको स्वाल्बार्डमा पनि अप्रिल १० देखि अगस्ट २३ सम्म सूर्यास्त हुँदैन । लङ इरबेनमा यहाँको प्रशासनले कानून बनाएको छ, जसका कारण यहाँ मानिस मर्न सक्दैनन् । यहाँ मानिस मर्न प्रतिबन्ध लगाइएको छ ।

नर्वेको उत्तरी ध्रवमा अवस्थित लङ इरबेनमा वर्षैभरि अत्यधिक चिसो हुन्छ, जसकारण यहाँ शव सड्दैन । त्यसैले यहाँ प्रशासनले मानिस मर्न प्रतिबन्ध लगाएको छ । सबैभन्दा अचम्मको कुरा के छ भने यो शहरमा ७० वर्षदेखि कोही पनि मरेका छैनन् ।

एक सय वर्षअघि भएको थियो मृत्यु :यस अनौठो शहरमा क्रिश्चियन धर्मका धेरै मानिसहरू बस्छन् । सन् १९१७ मा यहाँ इन्फ्लुएन्जाबाट पीडित एक व्यक्तिको मृत्यु भएको थियो । मानिसको शव लङ इयरबेनमा गाडिएको थियो, तर उनको शरीरमा अझै पनि इन्फ्लुएन्जा भाइरस छ ।

जसकारण शहरलाई महामारीबाट जोगाउन प्रशासनले यहाँ मृत्युमा प्रतिबन्ध लगाएको हो । यस शहरको जनसंख्या करीब २००० छ । यहाँ कोही बिरामी परेमा विमानबाट अर्को ठाउँमा लगिन्छ । त्यसपछि सोही ठाउँमा मृत्युपछि त्यस व्यक्तिको अन्तिम संस्कार गरिन्छ ।