जनता टाइम्स

६ भाद्र २०७५, बुधबार १३:२५

एक सपनाले शुरु गरेको क्रुररता


हत्या भएका भनिएका रुसी पत्रकार आर्काडी बाब्चेन्को जीवीतै र स्वस्थ रहेको पाइएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कट्टर आलोचक बाब्चेन्को युक्रेनको एक टेलिभिजनमा मंगलबार भएको पत्रकार सम्मेलनमा देखा परेको बीबीसीले उल्लेख गरेको छ । युक्रेनमा निर्वासित जीवन बिताइरहेका उनको राजधानी किभमा गोली हानी हत्या भएको बताइएको थियो ।

युक्रेनका सुरक्षा प्रमुख भेसिल हृतसकले रुसी गुप्तचरको पहिचान गर्नका लागि हत्याको नाटक रचिएको बताए । रुसले पत्रकार बाब्चेन्कोको हत्या गर्न गुप्तचरलाई निर्देशन दिएको सूचना प्राप्त भएपछि हत्याको नाटक बुनिएको उनले बताए । बाब्चेन्कोले हत्याको नाटक गरिएकोबारे आफ्नी श्रीमतिलाई समेत जानकारी नदिएको बीबीसीले उल्लेख गरेको छ ।