जनता टाइम्स

१ श्रावण २०७६, बुधबार ०७:१४

सरकारको एकोहोरो आलोचना-निन्दा-भत्र्सनाभित्र आग्रह र कुण्ठा मिसिएका छन : प्रदीप ज्ञवाली


काठमाडौं, साउन ३१ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बर्तमान सरकारको एकोहोरो आलोचना, निन्दा र तत्र्सनाको स्थितिभित्र आग्रह र कुण्ठा मिसिएको आफ्नो निश्कर्ष सुनाउनु भएको छ । राम्रा काम गर्दा पनि खेदो खन्ने प्रबृत्ति बढेपछि मन्त्री ज्ञवालीले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।

यस्तो छ ज्ञवालीको निश्कर्ष

पहिलो वर्ष हामीले समृद्धिको जग बसालेका छौँ । एक वर्षभित्र १६ वटा मौलिक अधिकारसहित करिब ६० वटा नयाँ कानुन, सयौँ पुराना कानुन संशोधन, दर्जनौँ नयाँ नियमावलीहरू बनायौँ । लगानीमैत्री वातावरणका लागि संरचना निर्माण गर्नु सामान्य विषय थिएन । सरकार बन्दा संघीयता कागजमा थियो, त्यसलाई धर्तीमा आफ्नै खुट्टामा उभिने बनाउन र चलायमान बनाउन गरिएका कामहरू पनि सामान्य होइनन् । वित्तीय हस्तान्तरण, कर्मचारी समायोजनको विषयलाई अन्य संघीय मुलुकसँग तुलना गर्दा हुन्छ, एक वर्षमा एक लाखभन्दा बढी कर्मचारीको समायोजन हुने कुरा यति सामान्य ढंगले हुने कुरा होइन । बाह्य सम्बन्धमा हासिल भएका उपलब्धि, जनताको जीवनस्तर जोडिने गरी सामाजिक सुरक्षा, रोजगारीको कार्यक्रमलगायतका कामलाई हेर्दा आधारभूत रूपमा हामी ठीक बाटोमा छौँ ।

यति हुँदाहुँदै पनि हाम्रा केही सीमाहरू प्रकट भएको यथार्थ हो । जनताका असाध्यै ठूला अपेक्षा छन् । दुईतिहाइ छ, केले रोक्छ रु स्वाभाविक प्रश्न हो । अहिलेको समस्या, जनताको अपेक्षा र हाम्रो डेलिभरीको बीचमा भएको दूरीले हामीलाई अझ राम्रोसँग काम गर भनेर घचघच्याइरहेको छ । दोस्रो, हाम्रा सबै संरचनाहरू–पार्टी संरचना, नागरिक संरचना र अहिलेको सरकार खास गरी प्रधानमन्त्रीको सोचको बीचमा एउटा ठूलो ग्यापजस्तो देखिन्छ । गाडीको इन्जिन त हामीले टोयटा अथवा मर्सिटिजको हाल्यौँ, तर बडी थोत्रो छ । इन्जिनको स्पिडसँग हाम्रो बडीले लगाम मिलाउन सकेको छैन ।

प्रधानमन्त्रीले काठमाडौंको खाल्टो पुर्न तीनपटकसम्म भन्नुपर्छ भने समस्या कति संरचनामा छ भन्ने बुझिन्छ । जो रातारात परिवर्तन भइहाल्ने पनि होइन । हामीले वस्तुपरक मूल्यांकन गर्नुपर्दा एकखालको संरचनामा हुर्किँदै आएकाले नयाँ भाका टिप्न समय लागिरहेको अवस्था छ । तेस्रो, हाम्रा कतिपय निर्णयहरूमा पर्याप्त पूर्वपरामर्शको अभाव खट्कियो, जसले सरोकारवालाहरूको असन्तुष्टिमा प्रकट हुन र विभिन्न पक्षले कहिलेकाहीँ त्यसलाई उपयोग गरिएको पनि देखियो । त्यसप्रति हामी गम्भीर भएका छौँ, र पाठ सिकेर अघि बढ्ने कुरा गरिरहेका छौँ ।

म भन्छु, प्रधानमन्त्रीलाई दशवटा कुरामा आलोचना गर्नुस् । तर, देशमा विकासको बहस कसले सुरु गर्यो ? हिजो त हामी जात, धर्मका कुरा गथ्र्यौँ, आपसमा प्रतिस्पर्धा, द्वन्द्वका कुरा मात्र गथ्र्यौँ । बहसलाई विकासतर्फ केन्द्रित गरेर, विकासबाटै सरकारको पर्फमेन्स नाप्ने ठाउँमा कसले पुर्‍यायो ? यस्तो प्रतिकूलताभित्र पनि ७ प्रतिशत वृद्धिदर हासिल गर्ने कुरा ठट्टा त होइन नि ? एकोहोरो आलोचना, निन्दा र भत्र्सनाको स्थितिभित्र आग्रह, कुण्ठा मिसिएका छन् । त्यसलाई त हामी पचाएरै अघि बढ्छौँ । तर, जसले असल विचारले सरकारले गरेको कामको वस्तुनिष्ठ आलोचना गर्नुहुन्छ, त्यसलाई हाम्रो स्वागत छ ।