जनता टाइम्स

९ असार २०७९, बिहीबार १६:४४

९१ वर्षीय मिडिया मुगल रुपर्ट मर्डोक चौथो पटक सम्वन्धविच्छेद गर्दै


एजेन्सी । गुगलका सह–संस्थापक सर्गेई ब्रिनले हालै आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । विगत ४ वर्षमा सम्बन्धविच्छेदको निर्णय गर्ने उनी तेस्रो अर्बपति हुन् । यसैबीच मिडिया मुगल रुपर्ट मर्डोकले पनि मोडल अभिनेत्री जेरी हलसँग अलग हुने निर्णय गरेका छन् ।

दुवैले ६ वर्षको वैवाहिक सम्बन्ध तोड्दै छिट्टै सम्बन्धविच्छेदका लागि निवेदन दिने भएका हुन् । ९१ वर्षीय मिडिया मुगल रुपर्ट मर्डोकले ६५ वर्षीय मोडलसँग २०१६ मा विवाह गरेका थिए । रुपर्ट मर्डोकको यो चौथो विवाह थियो। उनको पहिलो विवाह प्याट्रिसिया बुकरसँग भएको थियो, जुन सन् १९५६ देखि १९६७ सम्म चलेको थियो।

यस पछि उनले अन्ना मारिया टोर्भसँग दोस्रो विवाह गरे, जुन १९६७ देखि १९९९ सम्म चल्यो । मिडिया मुगुलले सन् १९९९ मा वेन्डी डेङसँग तेस्रो विवाह गरे, जुन २०१३ सम्म चल्यो । ‘ब्याटम्यान’ र ‘द ग्रेजुएट’ जस्ता हलिउड फिल्महरूमा काम गरिसकेका रुपर्ट मर्डोकले २०१६ मा जेरी हलसँग विवाह गरेका थिए ।

मर्डोक भन्दा पहिले, जेरी हलले रक स्टार र गायक मिक जागरसँग विवाह गरेका थिइन् । जेरी हल र रूपर्ट मर्डोकको विभिन्न विवाहबाट १० बच्चाहरू छन् । फक्स न्यूज च्यानलको अभिभावक कम्पनी न्यूजकर्पका सीईओ र अध्यक्ष रुपर्ट मर्डोकले चौथो विवाहमा खुशी व्यक्त गरेका थिए ।

जेरी हलसँग विवाह गरेपछि रुपर्ट मर्डोकले खुशी व्यक्त गर्दै ट्वीट गरेका थिए, ‘आगामी १० दिनसम्म कुनै पनि ट्वीट नगर्ने’ बताएका थिए । उनले संसारको सबैभन्दा भाग्यमानी र खुसी व्यक्ति महसुस भइरहेको बताएका थिए । यस्तो भन्ने रुपर्ट मर्डोकले सम्बन्धविच्छेदको निर्णय लिनु दुःखको कुरा हो । तर, रुपर्ट मर्डोक र जेरी हलले अहिलेसम्म विवाह तोडेको घोषणा गरिसकेका भने छैनन् ।

हालै माइक्रोसफ्टका संस्थापक बिल गेट्स र श्रीमती मेलिन्डा फ्रेन्च गेट्सले पनि सम्बन्धविच्छेद गर्ने निर्णय गरेका थिए । यसबाहेक जेफ बेजोस र म्याकेन्जीबीच सम्बन्धविच्छेद पनि भएको छ ।