जवसम्म सत्ताको प्रतिस्पर्धामा मुलुका मुख्य दल एमाले र कांग्रेसले माओबादी च्याप्ने काम गर्छन, यो मुलुकको उन्नति प्रगति सम्भव छैन । बाँदरलाई रुख चढाएर पात नझरोस भन्ने कल्पना काम लाग्दैन । एमाले र कांग्रेस यो मुलुकको लोकतन्त्रलाई जव स्वभाविक प्रकृयामा चल्न दिन तयार हुन्छन, जव उनीहरु स्वभाविक राजनीतिक प्रतिस्पर्धामा उत्रिन्छन । त्यसपछि न त प्रचण्डजस्ता मुलुक चुस्ने किर्णाहरुको रजाइँ चल्छ न त शेरबहादुर जस्ताका कुशासन बेहोर्नु पर्छ ।
गुरु भट्टराई
२०५२ भदौ १२ को सर्बोच्चको फैसलाले प्रजातन्त्रको नाममा सबै संसदीय घृणित खेल सुरु गरायो । सुशासन, बिकास, उन्नति प्रगतिमा सरकारहरु लाग्नु भन्दा संख्या गनेर सत्तामा पुग्ने, ब्रम्हलुट गर्ने, आसेपासे पोस्ने, कुशासन चलाउने, सांसद खरिद बिक्री गराउने काम गर्यो । अन्ततः यसले लोकतन्त्र नै राजाका पाउमा पुर्यायो ।
राजनीति देश र जनताका भलाईमा काम गर्न गरिने समाजसेवा हो । यसको निम्ती सत्ता आवश्यक हुन्छ । तर सत्तामा पुग्न बैधानिक बाटो, लोकतान्त्रिक मर्यादा र मर्म अनि स्वभाविक प्रकृया अवलम्बन गर्नुको साटो जनप्रतिनिधीहरुलार्ई गलत स्वार्थ देखाउने, खरिद बिक्रीमा लगाउने, पद प्रतिष्ठाको लोभ देखाउने र जसरी पनि संख्या जुटाएर सत्तामा पुग्ने तरिका अपनाइयो भने त्यस्तो सत्ताले देश र जनताका समस्यामा कुनै अर्थपुर्ण भुमिका खेल्न सक्दैन । बरु त्यो सत्ता सत्ताधारीहरुको निजी स्वार्थपुर्तिको बिषय मात्र बन्छ । यसको प्रष्ट उदाहरण ०५२ देखि ०६४ सालको सत्तालाई हेर्दा पुग्छ । ०५८–६३ को राजाको शासनका बिषयमा धेरै चर्चा नगरौं । त्यो लोकतन्त्र नै थिएन । ०६४–७४ को सत्ता पनि अन्तरिम सत्ता भएकाले धेरै चर्चा नगरौं । वर्तमानको शेरबहादुर दृउवा नेतृत्वको सत्तालाई हेर्दा गणितको राजनीतिको ताजा उदाहरण प्रष्ट छ ।
नेपालको इतिहासमा मुलुक स्वभाविक लोकतान्त्रिक प्रकृयामा प्रबेश गरेको भनेको ०७४ सालको आम निर्वाचन पछि मात्रै हो । यस हिसाबले हामी लोकतन्त्रको मामलामा भरखर बामे सर्दैछौ भन्न सकिन्छ । लोकतन्त्र भनेको आफ्ना कमजोरीहरु आँफै परिक्षणबाट परिस्कृत गर्दै अघि बढ्ने ब्यबस्था पनि हो । त्यसैले बिकृतिहरु ब्यापक देखिन सक्छन तर यसलाई सच्याउँदै अघि बढ्नुको विकल्प छैन । सच्याउने काम दल र जनता दुबैको उत्तिकै रहन्छ ।
०७४ पछिको राजनीतिक सन्दर्भमा फर्काैं । ०७४ को आम निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीलार्ई प्रधानमन्त्रीको रुपमा अघि सारेर एमाले माओबादी गठबन्धनले झन्डै २ तिहाई बहुमत ल्याएको कुरा प्रष्ट छ । जनताले सोहीअनुसार अनुमोदन गरेकै हुन । गठबन्धन गर्दा चुनावपछि पार्टी एकता गर्ने भनेर निर्वाचनमा होमिएको माओबादी निर्वाचनमा ५४ सिट जितेपछि एमाले बाहेकका दलहरुसंग मिलेर प्रचण्डलाई प्रम बनाउन कस्सिएको थियो । माओबादीले ओली सरकार बनेपछिको ३ महिनासम्म आफ्नो तर्फबाट मन्त्रीहरु नपठाउनुको कारण त्यही थियो । केही सिप नलागेर आधा आधा प्रधानमन्त्री चलाउने गोप्य शर्तमा प्रचण्डले पार्टी एकता गरे । शुरुमा उनको उदेश्य आधा प्रम हुने, आधा अध्यक्ष पनि हुने र पछि केपी ओलीको स्वास्थ्य अनुकुल नभएकाले निकट भविष्यमै सिंगो नेकपा कब्जा गर्ने भन्ने थियो ।
यही सोचका साथ प्रचण्ड शुरु शुरुमा नाटकिय रुपमा केपी ओलीप्रति सकारात्मक बनेका हुन । यसको कारण पूर्वएमालेहरुमा ओली पक्षधरहरुको नेतृत्व आफूले गर्न पाए माधव नेपाललार्ई यसै पाखा लगाउँछु भन्ने नै हो । जव ओली सरकार २ बर्ष पुग्यो, पूर्वयोजना अनुसार प्रचण्डले आधा प्रम खोज्न थाले । स्थिरताको बिरोधी भनेर आम नागरिकबाट ब्यापक आलोचना भएपछि ओली नै ५ बर्ष प्रम भनेर प्रचण्ड आफैले घोषणा गरे । यसको पछाडि अर्को खेल के थियो भने केही समयपछि केपी ओलीको दोस्रो मृगौला प्रत्यारोपण गर्नुपर्ने छ, त्यस क्रममा कित ओली मर्छन, कित ओछ्यानमा थला पर्छन र म स्वभाविक रुपमा एकल अध्यक्ष र प्रम हुन्छु भन्ने थियो ।
पूर्वनिर्धारित समय अनुसार ओलीले मृगौला प्रत्यारोपण गराउनु भयो । त्यसबेला एउटा चर्चा प्रचण्ड गुटबाट चलाईयो कि ओलीले अब कमसेकम ६ महिना आराम गर्नुपर्छ । प्रम पद अब कसैलाई (प्रचण्डलाई) नदिइ सुख छैन । तर अस्पताल बसेको हप्ता १० दिनपछि केपी ओली तनक्क तन्किएर प्रमको जिम्मेबारीमा फर्किनु भयो । त्यसपछि प्रचण्ड निदाउन छोडे । पार्टीभित्र नक्कली एजेन्डाहरु उचालेर बबन्डर गर्न शुरु भएको त्यसैबेलादेखि हो । पिँध बिनाका लोटा बामदेव गौतम, चरम आत्मकेन्द्रीत र स्वार्थका डल्ला माधव नेपालसमेतको साथ पाएपछि प्रचण्डलाई अरु के चाहियो ?
सशष्त्र बिद्रोह गरेर १०–२० हजार मान्छे मारे राजनीतिमा स्थापित हुन सकिन्छ भनेर मानव नरसंहार गरेर आएका प्रचण्ड शक्ति र सत्ता बिना अडिने कुरै थिएन । नेकपा बिभाजन भयो । ओली सरकार ढाल्न कहाँ कहाँ के के सेटिङ गरियो ? राज्यका निकायहरु कसरी ब्ल्याकमेल र दुरुपयोग गरियो ? भन्ने कुरा पुन दोहोर्याउन चाहन्न । ०५२ सालको सर्बोच्चको फैसलाको के कुरा, यो दुनिया नै लज्जित हुने फैसला सर्बोच्च अदालतले गर्यो । यो केटाकेटीले समेत बुझ्ने ढंगमा प्रष्ट छ । यसरी नेपालको राजनीतिलार्ई पुन ०५२–६३ को स्थिति भन्दा गम्भीर गलत बाटोमा जाक्ने प्रयास सर्बोच्च अदालतको २०७८ आषाढ २८ गतेको कथित फैसलाले गर्यो ।
सके तिक्डम गरेर, छलछाम गरेर ठुलो पार्टी कब्जा गर्ने र सत्तामा स्थापित हुने, नसके राजनीतिलाई सँधै अस्थिरताको खेल मैदान बनाएर आफू लाभ लिइरहने प्रचण्डको प्रबृति मात्रै हैन मनोबिज्ञान पनि हो । युद्ध मार्फत राज्य कब्जा गर्ने उदेश्य पुरा नभएपछी लोकतान्त्रिक राजनीतिमा थुतुनो जोत्न बाध्य भएका पात्र हुन प्रचण्ड र उनको पार्टी माओबादी । यसमा हामी प्रष्ट हुनु जरुरी छ । त्यसैले लोकतान्त्रिक प्रकृयाबाट आफु स्थापित हुने सम्भावना माओबादी देख्दैन । अस्थिरतामा खेलेर सत्तामा कुनै न कुनै रुपमा रहने र हिजो आफुले गरेका तमाम अपराधहरुबाट मरणोपरान्त मोक्ष प्राप्त गर्ने प्रचण्डको एकमात्र ध्यय हो । त्यसको निम्ति उनी जे पनि गर्न तयार छन् ।
अस्थिर राजनीतिले देश र जनताको भलाई गर्नै सक्दैन । त्यसो हुँदा आफ्ना कार्यकर्ता र जनतालाई बेबकुफ बनाएर सत्तामा टिकीरहन उनी बारम्बार भन्ने गर्छन–शान्ति प्रकृया पुरा भएको छैन । माओबादीको एजेन्डामा देश चलेको छ । भन्ने र गर्ने नयाँ कुरा नभएपछी उनले देश र दुनिया बेबकुफ बनाउन भन्ने गर्छन । लोकतन्त्र, गणतन्त्र, संघियता, समाबेशिता, समानुपातिक प्रणाली “खतरा” मा छ । यसलाई जोगाउन माओबादीले जस्तोसुकै सुकै जनबिरोधी काम गरेपनी उसलाई समर्थन गर्नु आवश्यक छ । उनले आफ्ना कार्यकर्तालाई भन्ने गर्छन–हामी सत्ता बाहिर भयौं भने सबै जेल जानुपर्छ । क्रान्तिका नाममा भएका अपराधको नाममा हामीलाई जेल हाल्छन । आफ्ना नेता कार्यकर्ता होल्ड गरिरहने र आफ्नु लुटमा आँखा चिम्म गराउने उनको यो अर्को तिक्डम हो । मेलमिलाप र बेपत्ता आयोगलाई काम गर्न नदिएर निकम्मा बनाउने पनि प्रचण्ड नै हुन । यसको नाममा सँधै अर्को युद्धको धम्की दिने र राज्य दोहन गरिरहने प्रचण्डको अर्को हतियार हो यो ।
त्यसैले जवसम्म सत्ताको प्रतिस्पर्धामा मुलुका मुख्य दल एमाले र कांग्रेसले माओबादी च्याप्ने काम गर्छन, यो मुलुकको उन्नति प्रगति सम्भव छैन । बाँदरलाई रुख चढाएर पात नझरोस भन्ने कल्पना काम लाग्दैन । एमाले र कांग्रेस यो मुलुकको लोकतन्त्रलाई जव स्वभाविक प्रकृयामा चल्न दिन तयार हुन्छन, जव उनीहरु स्वभाविक राजनीतिक प्रतिस्पर्धामा उत्रिन्छन । त्यसपछि न त प्रचण्डजस्ता मुलुक चुस्ने किर्णाहरुको रजाइँ चल्छ न त शेरबहादुर जस्ताका कुशासन बेहोर्नु पर्छ ।













प्रतिक्रिया दिनुहोस्