जनता टाइम्स

१ श्रावण २०७९, आईतवार १२:५६

सत्ता प्राप्तीको आवेदनसहित भाजपा मुख्यालयमा प्रचण्ड


काठमाडौं, १ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टी ‍(भाजपा) को मुख्यालय पुग्नुभएको छ । गत शुक्रबार नयाँदिल्ली पुग्नुभएको प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच आज भाजपा मुख्यालयमा भेटवार्ता भएको हो ।

सो अवसरमा भारतीय विदेशीमन्त्री एस जयशंकर, भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालासमेत सहभागी छन् । भाजपा अध्यक्ष नड्डाकै निमन्त्रणामा प्रचण्ड तीन दिने भारत भ्रमणमा जानुभएको हो । भेटमा प्रचण्डले आफू भारतका लागि सवैभन्दा कम्फर्टेवल रहेकोले सघाउन अनुनय बिनय गरेको समाचार एजेन्सीहरुको दावी छ ।

प्रचण्डसँग शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोहीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गर्नुभएको थियो । प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच सम्भवतः आजै भेटवार्ता हुने बताइए पनि भेट्ने नभेट्ने निश्चित छैन । प्रचण्ड आजै स्वदेश फर्कने कार्यक्रम छ ।