एजेन्सी । भारतको छत्तीसगढ राज्य सरकारले गाईको गोबरपछि अब गौमूत्र (गहुँत) पनि खरिद गर्ने भएको छ । गौमुत्र खरिदमा प्रतिलिटर ४ रुपैयाँ दर तोकिएको छ ।
प्रदेशका मुख्यमन्त्री भूपेश बघेलले बिहीबार महिलाको स्व–सहायता समूहलाई ५ लिटर गौमूत्र बेचेर यो योजनाको सुरुवात गर्नु भएको हो । बदलामा महिला स्वयंसहायता समूहले मुख्यमन्त्रीलाई २० रुपैयाँ दिए ।
प्रदेशका विभिन्न पञ्चायतमा गाई तथा गोरुका लागि बनाइएका गोठबाट गौमूत्र खरिद गरिने छ । तर, गौमुत्र खरिद गर्दा यसको शुद्धता परीक्षणका लागि गोठमा के–कस्ता उपाय अवलम्बन गर्ने भन्ने अझै स्पष्ट भइसकेको छैन ।
विगत दुई वर्षदेखि छत्तीसगढ राज्य सरकारले गोबर खरिद गर्दै आइरहेको छ । झारखण्ड, मध्य प्रदेश जस्ता धेरै राज्यहरूले पनि छत्तीसगढको सिको गर्दै गाईको गोबर किन्ने योजना बनाएका छन्।
प्रतिक्रिया दिनुहोस्