एजेन्सी, ३ भदौ । कयौं पटक अफिसहरूमा निकै स्तब्ध पार्ने समाचार हुन्छन् । कहिले एक सहकर्मीले अर्को सहकर्मीको कारणले धेरै दुःख भोग्नु पर्ने हुन्छ, कहिलेकाहीं कम्पनी पनि अलमलमा पर्छ ।
चीनबाट एउटा अनौठो घटना सार्वजनिक भएको छ जहाँ एक पुरुषले आफ्नी महिला सहकर्मीलाई यति कडा ढंगले अँगालो हाले कि महिलाको तीनवटा करङ भाँचियो ।
वास्तवमा यो घटना चीनको एउटा सहरको हो । द ट्रिब्युनले आफ्नो एउटा रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै यी दुईबीच सामान्य भेटघाट भएको र सबैले एकअर्कासँग कुराकानी पनि गरिरहेको उल्लेख गरेको छ ।
सोही समयमा महिलाले अफिसमा सहकर्मीसँग कुरा गरिरहेकै बेला अर्का सहकर्मी उनको छेउमा आए र उनलाई अँगालो हाले । अँगालो हालेपछि ती महिला पीडाले चिच्याइन् । लामो समयसम्म उनको छाती दुखेको महसुस भयो। पछि ती महिला अस्पताल पुगेपछि एउटा होइन तीनवटा हड्डी भाँचिएको भेटियो ।
एक्स–रे स्क्यानले महिलाको तीनवटा करङ भाँचिएको खुलासा भयो, जसमध्ये दुई दाहिने तर्फ र एउटा बायाँ तर्फ थियो। यही पीडाका कारण उनले कार्यालयबाट पनि बिदा लिनुपरेको थियो ।
रिपोर्टका अनुसार यो मामिला अलि पुरानो भए पनि चर्चामा आउनुको कारण भने अहिले यसबारे अदालतबाट फैसला आएकाले हो । महिलाले आर्थिक नोक्सानीको क्षतिपूर्ति माग्दै पार्टनरविरुद्ध मुद्दा दायर गरेकी थिइन् । जसमा अदालतले सहकर्मी महिलालाई करिब १ लाख १६ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस्