जनता टाइम्स

८ भाद्र २०७९, बुधबार १२:२४

अचम्मको संयोग– जुम्ल्याहाको जुम्ल्याहासँगै बिबाह, बच्चा पनि ‘जुम्ल्याहा’ नै जन्मिए


एजेन्सी, ८ भदौ । दुई जुम्ल्याहा दाजुभाइले दुई जुम्ल्याहा दिदीबहिनीसँग विवाह गरे र लगभग एकै समयमा सन्तान जन्माए भनियो भने तपाईलाई झूट लाग्न सक्छ। तर यो सत्य घटना हो ।

अमेरिकाको भर्जिनियामा बस्ने ३५ वर्षीया जुम्ल्याहा दिदीबहिनी ब्रायना र ब्रिटनी डीनसंग जुम्ल्याहा दाजुभाइ जोश र जेरेमीले बैबाहिक जीवन विताइरहेका छन् । दम्पतीको एक–एक बच्चा छन्, ज्याक र जेट, जसको उमेर फरक मात्र तीन महिनाको छ। ज्याक र जेट एउटै डीएनएबाट बनेका हुनाले उनीहरु सम्बन्धमा काका पट्टीका भाई हुन , तर आनुवंशिक स्तरमा दाजुभाइ हुन् ।

जुम्ल्याहा आमा र जुम्ल्याहा बाबुबाट जन्मेका बालबालिकालाई ‘क्वाटरनरी जुम्ल्याहा’ भनिन्छ। यो पनि जुम्ल्याहा को प्रकार हो। विश्वभर यस्ता करिब ३ सय परिवार छन् । जोससँग विवाह गरिसकेकी र जेटकी आमा ब्रिट्नीले बच्चाहरूको अनौठो अवस्था भएको र यसका कारण उनीहरू सामान्य कजिनभन्दा नजिक भएको बताइन्।

दुवै बच्चा ९ महिनाभन्दा कम उमेरमा (समय अगावै) जन्मिएका थिए । यो परिवार इन्स्टाग्राममा निकै चर्चित छ ।

उनीहरूको भेट जुम्ल्याहाको पार्टीमा भयो
जेरेमीले भने कि कहिलेकाहीँ मलाई जेट मेरो एक्लो सन्तान जस्तो लाग्छ र मलाई लाग्छ जोशले ज्याक्सको बारेमा पनि त्यस्तै महसुस गरेको हुनुपर्छ। दुवै बच्चालाई एउटै परिवारको रूपमा बाँच्नका लागि सँगै हुर्काउँदै आएको उनले बताए ।

जुम्ल्याहा बहिनीहरूले २०१७ मा एक उत्सवको क्रममा जुम्ल्याहा दाजुभाइलाई भेटेका थिए । यो उत्सव जुम्ल्याहाका लागि मात्र आयोजना गरिएको थियो । उनीहरूले एकअर्कामा विहेको प्रस्ताव गरे र दुवै दाजुभाइले छ महिनापछि मात्रै बिहे गर्ने निर्णय गरे ।

जुम्ल्याहा दिदीबहिनीसँग विवाह गर्ने वाचा गरेका थिए
दम्पतीको विवाह कसैको ध्यान खिच्न पर्याप्त थियो, किनकि त्यहाँ १५ जोडी जुम्ल्याहा सहभागी थिए । उनीहरुको विवाह टिभीमा पनि प्रसारण भएको थियो । दाजुभाइ र दिदीबहिनीले विवाहमा एउटै खालको लुगा लगाएका थिए। जोश र जेरेमीले बिबाह जहिले गरे पनि जुम्ल्याहा दिदीबहिनी सँग मात्र बिबाह गर्ने कसम खाएका थिए ।