एजेन्सी, १६ भदौ । बंगालको दक्षिण २४ परगना जिल्लामा मानवतालाई लज्जित पार्ने एउटा घटना सार्वजनिक भएको छ । २९ वर्षीय युवकले गर्भवती गाईलाई बलात्कार गरेको आरोप लागेको छ । पछि अत्यधिक रक्तश्रावका कारण गाईको मृत्यु भयो । यस घटनापछि गाई मालिकको उजुरीको आधारमा प्रहरीले आरोपी युवकलाई पक्राउ गरेको थियो । उनको नाम प्रद्युत भुइया हो ।
घटना दक्षिण २४ परगना जिल्लाको नामखाना ब्लकको उत्तर चन्दनपिडी क्षेत्रको हो । प्रहरी स्रोतका अनुसार चन्दनपिडी निवासी आरती भुइया र उनका आफन्तले केही दिनअघि उनको घर पछाडिको गोठमा पसेर छिमेकी प्रद्युत भुइयाले गाईलाई निर्मम रूपमा बलात्कार गरेको उजुरी दिएका थिए ।
मध्यरात करिब अत्याधिक रक्तश्रावका कारण गाईको मृत्यु भएको उजुरीकर्ताले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । पुलिसले आरोपी विरुद्ध आईपीसीको धारा ३७७ अन्तर्गत मुद्दा दर्ता गरेको छ। उनलाई मंगलबार अदालतमा पेस गरेपछि १४ दिनको म्याद थप गरिएको थियो ।
आरोपितहरु विरुद्ध बाख्रा चोरी लगायतका धेरै आरोपहरु छन् । यहाँ घटना बाहिर आएपछि आरोपित युवक विरुद्ध गाउँलेहरुको चर्को आक्रोश छ । चन्दनपिडी गाउँका एक बासिन्दाले भने, ‘प्रद्युतमाथि अनगिन्ती आरोप छन् । उनले यसअघि पनि खेतबाट बाख्रा र तरकारी चोरेका छन् । यसबाहेक उनीमाथि सवारीसाधन चोरीको पनि आरोप छ ।’
उनले यो अमानवीय कार्यका लागि कडा भन्दा कडा सजाय दिनुपर्ने बताए । रिपोर्टका अनुसार यसअघि जुनमा पनि यस्तै घटना सार्वजनिक भएको थियो । दक्षिण दिनाजपुरको हरिरामपुर थाना इलाकामा गाईका मालिकले युवकविरुद्ध दुव्र्यवहारको उजुरी दिएका थिए ।













प्रतिक्रिया दिनुहोस्