जनता टाइम्स

१९ कार्तिक २०७५, सोमबार १२:२५

अनुहार मात्र राम्रो बनाएर हुन्छ त ? यी कुरा थाहा पाउनुहोस्


त्यही कारण धेरैजसो सौन्दर्य प्रसाधन पनि अनुहारकै लागि प्रयोग हुन्छन् । हामीलाई के लाग्छ भने, अनुहार राम्रो बनाउँनुपर्छ । अनुहार राम्रो बनाएपछि आफ्नो सौन्दर्य खुल्छ भन्ने भ्रम हामीलाई छ । यही भ्रमको कारण कतिले अनुहारलाई निकै मेहनतसाथ लिपपोत गर्छन्, यद्यपी उनीहरुको सौन्दर्यमा कहीँ कतै खोट देखिन्छ । आखिर किन होला ?

यसो गरे कसो होला ?

मानिसहरु अक्सर अनुहारलाई हेरेर व्यक्तिको सुन्दरताको वयान गर्छन् । जबकी कुनै पनि मानिसहरुको सुन्दरता उसको अनुहार मात्र हैन, शरीरको हरेक अंगसित जोडिएको हुन्छ । र, शरीरका सम्पूर्ण अंग सुन्दर भएमात्र मानिसको व्यक्तित्व खुल्छ । आकर्षक देखिन्छ । स्मार्ट देखिन्छ ।

यही सुन्दरतालाई कायम राख्न मानिसहरु अनेक प्रयास गर्दछन् । तर, अनुहारलाई सुन्दर बनाउने क्रममा मानिसहरु गर्दनमा ध्यान दिन भने अक्सर विर्सन्छन् । परिणामस्वरुप,  कयौ पटक मानिसहरुको अनुहारमा भन्दा पहिले गर्दनमा चाउरीपना देखिन सुरु हुन्छ । र, यसलाई कम गर्नका लागि पनि गर्दनमा विशेष ध्यान दिन जरुरी छ ।

-गर्दन शरीरको यस्तो अंग मध्यमा पर्दछ, जुन हरसमय खुला रहन्छ । र, धुलो, धुवा तथा सुर्यको हानीकारक विकिरणले यसलाई प्रभाव पारिरहन्छ । त्यसैले, शरीरको सुरक्षाका लागि पनि यसको सुरक्षा गर्न तथा यसलाई हाइड्रेट गर्न आवश्यक छ ।