कोठी जन्मजात आउन सक्छ । कतिपय अवस्थामा पनि पनि दे
खापर्छ । यो कालो वा खैरो रंगको हुन्छ । ओंठको नजिकै कोठी छ भने त्यसले अनुहारको आकर्षण बढाइदिन्छ । तर, यदि कोठी ठूला र संख्या धेरै भयो भने त्यो राम्रो देखिदैन ।
शरीरका कुनै पनि भागमा कोठी, मुसा र दाग-धब्बा हुन सक्छन् । औषधि वा शल्यक्रिया गरेर यसबाट छुटकारा पाउन सकिन्छ । यसका साथै केही घरेलु विधिहरुबाट पनि कोठी र मुसा हटाउन सकिन्छ ।
किन आउँछ कोठी ?
१. पेपिलोमा भाइरसका कारण छालामा कोठी तथा मुसा निस्किन्छन् । बढ्दो उमेरका साथ मुसाको समस्या उत्पन्न हुन सक्छ । तर, आजकाल कम उमेरका मानिसहरुमा पनि यो देखिन थालेको छ ।
२. कोठी वा मुसा जन्मजात पनि हुन सक्छ ।
३. सुगर, मोटोपना, गर्भावस्था र स्टेराइडको अधिक प्रयोगको कारणले अनुहारमा कोठी र मुसा बढ्न सक्छन् ।
प्रतिक्रिया दिनुहोस्