यसले गर्दा कपालको सौन्दर्य रुखो हुन्छ । चाया पर्छ । यतिबेला खास हेरचाहको अभावमा कपालमा अनेकौ समस्या आउँछ ।
चाया पनि यसैमा एक हो । यो टाउकोको छालामा रहेका मृत कोशिकाहरुका कारण पैदा हुन्छ ।
चायाले कपालको सौन्दर्य बिगार्छ, कपाल र्झन थाल्छ र टाउको चिलाउँछ । केहि घरेलु उपाय छ, जसले कपालको तमाम समस्याबाट छुटकारा पाउन सकिन्छ । यहाँ हामीले कपालको सफाइ र स्वास्थ्यका लागि सिलसिलाबद्ध विधी पेश गरेका छौं ।
१. स्याम्पुले नुहाउने
चायाको सबैभन्दा ठूलो कारण हो टाउकोको छाला राम्रोसँग सफा नहुनु । अधिक पसीना उत्पन्न गर्ने ग्रन्थिहरु बढी सक्रिय हुँदा पनि यो समस्या उत्पन्न हुन्छ । त्यसैले चायाको समस्या हुँदा कपालको सफाईमा विशेष ध्यान दिनुपर्छ । हप्तामा दुईदेखि तीन पटक कपाललाई कुनै राम्रो हर्बल स्याम्पुले धुनुपर्छ ।
२. तेल मालिस
कपालको सबै समस्या, खासगरी चायाको सबैभन्दा प्रभावकारी उपचार हो तेल मालिस । तेल मालिसबाट कपाललाई पोषण मिल्छ । टाउकोको मांशपेशीहरु उत्तेजित हुन्छन् र रक्तसञ्चार पनि तिब्र हुन्छ । र, कपाल स्वस्थ, सुन्दर, बाक्लो, लामो बन्छ । त्यसैले हप्तामा एकपटक तेल लगाएर कपालको मालिश गर्नु अति आवश्यक छ ।
३. बाफ
मालिसपछि कपालबाट फोहोरमैला सफा गर्नका लागि बाफ दिनुपर्छ । यसका लागि तातो पानीले तौलिया भिजाएर कपालमा राम्रोसँग लपेट्ने । बाफबाट कपालको जरामा फँसेको मैला तथा मृत कोशिकाहरु निस्कन्छन् र तेल पनि राम्ररी टाउकोको छालाभित्र पस्छ । जसले कपालको जरा बलियो बन्छ र चायाको समस्या पनि हट्छ ।
४. कागतिको रस
यो सिजनमा कागती पाइन्छ । कागतिको रसमा भिटामिन सी, ए, बी, फस्फोरस र एन्टिअक्सीडेन्ट पाइन्छ, जसले कपाल चमकदार र बाक्लो बन्छ ।
प्रतिक्रिया दिनुहोस्