जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार २०:२०

यौन शिक्षासँग सम्बन्धित तथ्य र मिथकहरू


काठमाडौं, ७ असोज । आफ्नो होमवर्क गर्दा गर्दै १३ वर्षीया बालिका आमालाई सोध्छिन् ‘आमा के तपाईलाई थाहा छ, यो चरम सुख भनेको के हो ?’ आमाले आफूलाई घुरेर हेरेको देखेर छोरी फेरि सोध्छिन् ‘जे सुकै होस् …’ ‘अँ भन्नु त, स्पर्म र सीमन भनेको एउटै कुरा हो कि भिन्दै ?’ आमाले ‘अँ’ भन्ने अर्थमा टाउको हल्लाउछिन् अनि छोरीले आमाको अनभिज्ञतामा मुस्कुराउँदै सम्झाउछिन् ‘होइन, सबै स्पर्म सीमन हुन्छन् तर, सबै सीमन स्पर्म हुदैनन् ।’ उनी फेरि आफ्नै होम वर्कमा डुब्छिन् ।

कितावमा डुबेकी छोरीलाई हेर्दै आमालाई आफ्नो स्कूले जीवनको आद आउँछ । उनको आँखामा अघि आफ्नो स्कूलकी कडा स्वभावकी वायलोजी शिक्षिकाको अनुहार सम्झना आउँछ । जब उनले जीवन उत्पत्तिको रहश्यका वारेमा उत्तेजक रेखाचित्र कोरेर सम्झाउथिन् तब कसैको पनि लुकेर हास्ने पनि हिम्मत हुदैन्थ्यो । छोरीको यस्तो प्रश्नको उनी के जवाफ दिउन् ?

योभन्दा धेरै त भारतीय स्वास्थ्यमन्त्री डा. हर्षवर्धन के भन्थे ? हालै उनले हामीलाई सुझाव दिएका थिए हामीले कन्डमका वारेका धेरै चर्चा गर्नु हुदैन, स्कूलमा यौन शिक्षामाथि प्रतिवन्ध लगाउनु पर्छ । (पछि उनले स्पष्टिकरण दिदै भनेका थिए, मेरो उदेश्य अश्लिलतासँग सम्वन्धित थियो ।) र स्कूलमा योगको माध्यमबाट संस्कार सिकाइनु पर्दछ, आधुनिकताले हाम्रो कमजोरी समायो ।

मन्त्रीको कुराले तयतिखेर बहसको रुप लिएको थियो । कतिपय पुराना सोचका मानिसले यौन शिक्षाले आफ्ना वच्चावच्ची विग्रन थालेको भन्ने तर्क गर्न थाले भने कतिपय आजको युगमा यसलाई रहश्यको विषय बनाइनु आत्मघाती हुने तर्क गर्थे । यो बहसले असल र हुनै पर्ने बहसलाई अन्यत्र मोड्यो, किनभने आजकल ‘सेक्स’ शब्दको उच्चारण समाजमा खुलेआम भएको छ । कसैले पढेर जानेका छन् कसैले नपढी सुनेको भरमा ।

वास्तवमा कुरा त के हो भने बिना कुनै शिक्षाको यौन अनुभव, भ्रम र शोषण झन खतरनाक सावित हुन्छन् । अहिले समाजमा सेक्स सम्वन्धि अपराधले सीमा नाघेको छ । एड्स नियन्त्रण संगठनकाअनुसार एचआइभीका ३४ प्रतिशत रोगी १५ देखि २४ वर्ष उमेर समूहका छन् । यसकारण पनि किशोरावस्थामा यौन शिक्षा अनिवार्य भइसकेको छ, किनभने भविश्यमा स्वस्थ्य सम्वन्ध राख्न सकुन् ।

आजका किशोर–किशोरीमा जीवनसँग जोडिएको यो रहश्य गोप्य रहेको छैन । अभिभावकले आफ्ना बालबालिका पढाइमै ध्यान केन्द्रीत गरुन भनेर जति नै प्रयास गरे पनि एकपछि अर्को सर्वेक्षणले बताइरहेको छ की रोमान्स, रिलेशनशिप र यौन सम्वन्ध उनीहरूको जीवनको अभिन्न अंग बनिसकेको छ ।