जनता टाइम्स

२५ फाल्गुन २०७९, बिहीबार १७:४४

संसारमा सबैभन्दा महँगो र आकर्षक दश गहना


एजेन्सी, २५ फागुन । कोहिनूर र यसको अमूल्यताको कथा सबैलाई थाहा छ। अब राजा चार्ल्सको राज्याभिषेक नजिकिँदै गर्दा फेरि एकपटक कोहिनूर चर्चामा छ । गहना यसको मूल्यले मा हैन सुन्दरताले अमूल्य बनाउँछ।

पढ्नुहोस् संसारका दस प्रख्यात गहनाहरू जसको चमक कहिल्यै फिका हुँदैन ः
अटाला क्रस


१९२० मा, लन्डनका जौहरी जेरार्डले अटालाको क्रस बनाए । गत महिना रियालिटी स्टार किम कार्दशियनले यसलाई १.६२ करोडमा किनेकी छन् । कुनै समय यो क्रस राजकुमारी डायनाको घाँटीमा सजिएको थियो ।

नीलमबाट बनेको यो क्रसमा ५.२ क्यारेट हीरा जडिएको छ। यो राजकुमारी डायनाको मनपर्ने गहना थियो तर यसमा स्वामित्व उनको कहिल्यै हुन सकेन। तर धेरै अवसरहरूमा यसको मालिक नईम अटालाले राजकुमारी डायनालाई लगाउन दिए । ती दिनहरूमा, नईम अटाला एस्प्रे र जेरार्डका सीईओ थिए।

उनका छोराहरू भन्छन् कि राजकुमारी डायनालाई मात्र यो क्रस लगाउन अनुमति दिइएको थियो। अब कार्दशियनहमा जाँदै गर्दा, गहना विशेषज्ञ हेलेन मोलेस्वार्ड भन्छिन्, ‘उनी आफ्नै इच्छाको मालिक हुन्, उनी स्वयं–निर्मित छिन् । उनी आफ्नै सामान आफै किन्छिन्। यो गहनाले उनको हैसियत देखाउँछ। व्यापारिक प्रयोजनका लागि बहुमूल्य वस्तुहरू खरिद गर्ने क्षेत्रमा लैङ्गिक समानताको सङ्केत पनि छ।’

ब्ल्याक डायमंड एण्डलभ


कालो हीरा आफैमा गजबको हुन्छ त्यसमा तकिया आकारको कालो हीरा ६७.४९ क्यारेटको भए वर्णन गरिसाध्य छैन । एउटा कथा अनुसार यो १९ औं शताब्दीमा भारतको ब्रह्मा मन्दिरबाट यसको चोरी भएको थियो ।

तब देखि नै हिरा श्रापित भएको भनिन्छ । चोरी गर्ने व्यक्तिको अकाल मृत्यु भयो, त्यसपछि यसका तीन मालिक एकपछि अर्कोले आत्महत्या गरेका थिए । तर अहिले यो हीरा तीन भागमा काटिएको छ, तीन विभिन्न रत्न बनाउनस सकियोस भनेर र यो श्रापबाट पनि मुक्त हुन सकियोस् भनेर । चाखलाग्दो कुरा के छ भने, यसलाई तीन भागमा काटिएपछि, यसका मालिकहरू मध्ये कोही पनि अकालमा मरेका छैनन् ।

पिलग्रिम पर्ल


सन् १५७६ मा दक्षिण अमेरिकी देश पानामामा फेला परेको ‘ला पेरेग्रीना’ नामको नाशपातीको आकारको यो मोती यसको कथा जत्तिकै मनमोहक छ । ‘यो संसारको सबैभन्दा उत्तम मोती हो,’ मोलेस्वार्ड भन्छन् ‘र यसको रोमान्टिक विगत छ। ’ यो ५०.५६ क्यारेटको मोती स्पेनका फिलिप द्वितीयले आफ्नी श्रीमती इंग्ल्याण्डकी रानी मेरी (प्रथम) का लागि किनेका थिए ।

द होप


यसको अँध्यारो विगतका लागि चिनिने अर्को श्रापित हीरा होप डायमन्ड हो । यो अमेरिकाको स्मिथसोनियन संग्रहालयको राष्ट्रिय रत्न संग्रहको गौरव हो । लन्डनस्थित क्रिस्टीजका गहना विज्ञ अरेबेला हिस्कोक्स भन्छिन्, ‘यो ४५.५२ क्यारेटको एकदमै विशेष र दुर्लभ नीलो हीरा हो । जब यो पराबैंगनी प्रकाशमा पर्दा यसको रंग गाढा रातो हुन्छ। यसले यसलाई थप रहस्यमय बनाउँछ ।’

वालिस सिम्पसनको प्यान्थर ब्रेसलेट


सन् १९३६ मा राजा एडवर्ड आठौंले आफ्नी प्रेमिका वालिस सिम्पसनका लागि इङ्गल्याण्डको मुकुट त्यागे । धेरै बहुमूल्य हीरा र गहनाहरू उनीहरूको प्रेम कथामा उपहारको रूपमा साटासाट गरियो । यी प्रेमीले जीवनभर एकअर्कालाई यस्ता उपहारको वर्षा गर्दै आए । यी दुईको उपहार सन् २०१० मा सोथबीजले लिलामी गरेको थियो ।

त्यो लिलामीको मुख्य आकर्षण वालिस सिम्पसनले १९५२ मा उपहारको रूपमा प्राप्त गरेको ब्ल्याक प्यान्थर ब्रेसलेट थियो । हीरा र रत्नले जडित यो ब्रेसलेट पेरिसबाट किनेको हो ।

मगाली टेसी पेरिसमा सोथेबीको प्रमुख हुन्। ब्ल्याक प्यान्थरको बारेमा, उनी भन्छिन्, ‘यस टुक्रामा हरेक गुण छ जसले गहनाको टुक्रालाई लिजेन्ड बनाउँछ।’

कोहिनूर


कोहिनूर महिलाका लागि मुद्दा हो । प्रत्येक मानिस यसको महिमा थाहा छ। यो १०५.६ क्यारेटको संसारको सबैभन्दा ठूलो हीरा हो । बेलायतको शाही मुकुट सजाउने यो हीरा सबैभन्दा विवादास्पद गहना हो । यो मध्ययुगमा दक्षिण भारतमा उत्खननबाट प्राप्त भएको मानिन्छ । यसको लिखित अभिलेखहरू १६२८ को हो, जब यो मुगल सम्राट शाहजहाँको सिंहासनमा स्थापित भएको थियो ।

सन् १७३९ मा इरानका सम्राट नादिर शाहले दिल्ली आक्रमण गरेर मुगलहरूलाई पराजित गरेका थिए । यसपछि कोहिनूर नादिर शाहको हातमा गयो । नादिर शाहले अफगानिस्तान लगे। स्मिथसोनियन पत्रिकाका अनुसार यो बहुमूल्य पत्थर एकपछि अर्को शाही परिवारबाट गुज्र्यो र अन्ततः सन् १८१३ मा महाराजा रञ्जित सिंहको हातमा पुग्यो ।

त्यतिबेला भारतको बाँकी भागमा ब्रिटिश ईस्ट इन्डिया कम्पनीको शासन थियो। कम्पनीले यो हिराको बारेमा थाहा पाएपछि यसलाई प्राप्त गर्न पहल थाल्यो । सन् १८४९ मा यो हीरा पञ्जाबको सिंहासनमा रहेका १० वर्षीय उत्तराधिकारीबाट खोसेर रानी भिक्टोरियालाई सुम्पिएको थियो ।
यसबाहेक

रानी भिक्टोरियाको मुकुट र

नेपोलियनको हीराको हारलाई संसारकै महंगो र दुर्लभ गहना मानिन्छ ।