जनता टाइम्स

९ आश्विन २०८०, मंगलवार २१:३१

छुरीसहित पक्राउ पर्यो खतरनाक गुडिया, गुडियालाई हतकडी लगाउने पुलिस कारबाहीमा


एजेन्सी /प्रहरीले कुनै अपराधमा संलग्न मानिसलाई हतकडी लगाउनु त स्वभाविकै हो । तर, मेक्सिकोमा भने पुलिसले एउटा गुडियालाई पक्राउ गरी हतकडी लगाएको छ ।

आखिर पुलिसले एउटा निर्जिव गुडियालाई किन पक्राउ गर्यो त ?समाचार अनुसार त्यो गुडियाका मालिकले अन्य व्यक्तिहरुलाई तर्साउनका लागि त्यस गुडियाको प्रयोग गर्ने गरेको थाहा पाएपछि प्रहरीले गुडियालाई नियन्त्तणमा लिएको हो ।सो गुडियाको नाम चकी हो । अधिकारीहरुले त्यसलाई राक्षसी गुडिया भनेका छन् । गुडियाका मालिकले मानिसहरुलाई तर्साउनका लागि उक्त गुडियाको हातमा चक्कु राखिदिने गरेको खुलासा भएको छ ।
न्युयोर्क पोस्टको रिपोर्ट अनुसार पुलिसले गुडियासँगै त्यसका मालिकलाई पनि पक्रिएको छ ।

उत्तरी मेक्सिकोको कोहुइला राज्यस्थित मोनक्लोवा सहरमा सेप्टेम्बर ११ मा गुडिया र त्यसलाई दुरुपयोग गर्ने व्यक्ति पक्राउ परेका हुन् । उनीमाथि सार्वजनिक शान्ति व्यवस्था बिगारेका र मानिसहरुलाई खतरामा पारेको अभियोग लगाइएको छ ।मोनक्लोवा पुलिसका पूर्वनिर्देशक जुआन राउल अल्कोसरका अनुसार कार्लोस नामक ती व्यक्ति सहरको मुख्य चोकमा नशाले मातेको अवस्थामा थिए ।

उनले आफ्नो अनुहारमा गुडियालाई राखेका थिए र मानिसहरुलाई तर्साइरहेका थिए ।प्रहरीले कार्लोस र उनको गुडिया समेतलाई पक्राउ गरी पुलिस चौकीमा लगेर हतकडी लगायो । पुलिसले गुडियाको कपालमा समाएको र हातमा हतकडी लगाएको तस्वीर सार्वजनिक भएको छ । गुडियासँग एउटा चक्कु पनि देखिन्छ ।उक्त गुडिया सन् १९८८ मा बनेको हरर फिल्म चाइल्ड्स प्ले मा चर्चित बनेको थियो ।उता चर्चा कमाउनका लागि गुडियाको हातमा समेत हतकडी लगाउने पुलिस अधिकारी समेत कारबाहीमा परेका छन् ।