जनता टाइम्स

२७ आश्विन २०८०, शनिबार २१:००

पृथ्वीको तापक्रम बढ्दा बियरको स्वादमा परिवर्तन भइरहेको अध्ययनको दाबी


काठमाडौं, असोज २७ ।  पृथ्वीको तापक्रम बढ्दा बियरको स्वादमा परिवर्तन भइरहेको वैज्ञानिकहरूले बताएका छन् । हालैको अनुसन्धानले बियरलाई छुट्टै तितो स्वाद दिने युरोपेली हप्स ९फूल० को मात्रा घट्दै गएको देखाएको बीबीसीले जनाएको छ । यो पनि प्रक्षेपण गरिएको छ कि निकै तातो र लामो र गर्मीले स्थिति बिग्रन्छ र बियर महँगो बनाउन सक्छ ।

अनुसन्धान गरिरहेका वैज्ञानिकहरूले युरोपेली हप्स खेती गर्नेहरूलाई विभिन्न प्रविधि अपनाउन सल्लाह दिएका छन् । बियर युरोपेली संस्कृतिको एक महत्वपूर्ण भाग हो । बियर बनाउने प्रक्रियामा तितोपन प्रदान गर्न उमालेर हप्स थपिन्छ ।

अध्ययनले सन् १९७१ देखि १९९४ र १९९५ देखि १९९८ को बीचमा सुगन्धित हप्सको औसत मात्रा घटेको देखाएको छ । यस अवधिमा हप्सको उत्पादन २० प्रतिशतले घटेको बताइएको छ । कोरोना महामारीकाबीच सन् २०२० मा बियरको मूल्य १३ प्रतिशतले बढेको छ । युक्रेन संकटपछि ग्यास र अन्य इन्धनको मूल्य बढेपछि बियर पनि महँगो भएको छ ।