जनता टाइम्स

१४ कार्तिक २०८०, मंगलवार ०८:०४

संयुक्त बैठकमा राष्ट्र संघीय महासचिवले सम्बोधन गर्ने


काठमाडौं, १४ कार्तिक । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाईएको छ ।

आजको बैठकमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्नुहुनेछ ।

चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले पहिलो पटक नेपालको संसदमा सम्बोधन गर्न लाग्नुभएको हो । उहाँ बुधवार फर्कदैँ हुनुहुन्छ ।