जनता टाइम्स

२६ मंसिर २०८०, मंगलवार १३:०६

एमालेको संकल्प यात्रामा अवरोध गर्न खोज्ने पूर्वमन्त्री गोपाल किरातीसहित १० जना पक्राउ


काठमाडौं, २६ मंसिर– प्रहरीले प्रमुख प्रतिपक्षी दल एमालको संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वमन्त्री गोपाल किरातीसमेत रहेका छन् ।
पूर्वमन्त्री किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका किरातीले सुरक्षा व्यवस्थालाई खलल नपुगोस् भनेर आफु प्रहरीको गाडीमा चढेको बताएका छन ।कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाका अनुसार उदयपुर र खोटाङ जिल्लाबाट अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएको पुष्टि भएको छ । नेकपा एमालेको झलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको टोली आजबाट कोशी प्रदेश प्रवेश गर्दैछ ।कोशी प्रदेशको आरम्भ सभा ओखलढुंगाको हर्कपुरमा केहीबेरमा हुदैछ । यसैबिच एमाले कार्यक्रम विथोल्न सक्ने भन्दै कोशीका मध्य पहाडी जिल्लामा कडा सुरक्षा व्यवस्था गरीएको छ ।