जनता टाइम्स

१० फाल्गुन २०८०, बिहीबार १३:०७

क्यानडाविरुद्धको ३ खेलको एकदिवसीय सिरिजमा नेपाल ‘ए’ टीमले दियो १८२ रनको लक्ष्य


काठमाडौं, फागुन १० । क्यानडाविरुद्धको ३ खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ टीमले १८२ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ टीम ४७ ओभरमा १८१ रनमा समेटिएको हो ।नेपालका लागि अशुन्तोष घिरैयाले सर्वाधिक २८ रन बनाए । बसिर अहमदले २५, अर्जुन कुमारले २७, सुजन थपलियाले २०, रसिद खानले १९, प्रतिश जिसीले १९, कप्तान सन्दीप जोराले २४ र हेमन्त धामीले ६ रनको योगदान दिए । शेर मल्ल र साहब आलम शून्य रनमा आउट भए । सागर ढकाल १ रनमा अविजित रहे ।
बलिङमा क्यानडाका हर्ष ठाकर, डिलोन हेलिगर र निकोलस किर्तोनले २(२ विकेट लिए । कलिम साना र साद बिन जफरले १–१ विकेट लिए ।