जनता टाइम्स

१९ भाद्र २०८१, बुधबार १४:००

काठमाडौं महानगरले ५ लाख नगदसहित पलेशालाई गर्यो सम्मान


काठमाडौं, भदौ १९ । काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई ५ लाख र प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले बुधबार विहान नगदसहित सम्मान गर्नुभएको हो । आज बिहान ८ बजे स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै पलेशासहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको थियो ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गर्नूभएकी पलेशाले कांस्य पदक जितेकी थिइन । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।