काठमाडौं, भदौ २८। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा केही बेसअघिबाट बैठक सुरु भएको छ ।
बैठकले पार्टीको बार्षिक कार्ययोजना पारित गर्ने एजेण्डा रहेको केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।
सरकारको नेतृत्व गरिरहेको एमालेले मिसन ०८४ लक्षित गर्दै संगठन निर्माण र विस्तार, शुद्धीकरण र सुदृढीकरणलगायत अभियान चलाउने तयारी छ ।
यसबाहेक बैठकमा प्रधानमन्त्री समेत रहनुभएका ओलीले पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउँने कार्यसूची छ ।
यस्तै, बैठकमा तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माणको विषयमा पनि छलफल हुने कार्यसूची रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्