काठमाडौं, असोज ६ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नेता कार्यकर्तालाई केन्द्रीय कार्यालयमा आउन यर्दी जारी गरेको छ ।
रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित भन्दै बोलाउनु भएको हो ।
केन्द्रीय कार्यालयमा भेटिएका रास्वपाका एक कार्यकर्ताले भने, ‘प्रदेश सभापतिले मेसेज गरेपछि हामीहरु भेला हुँदैछौं ।’ रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा हुनुहुन्छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ पर्ने आशंका गर्दै रास्वपाले कार्यकर्ता बोलाएको हो ।
सहकारी ठगीमा पार्टनर छबिलाल जोशी पक्राउ परेपछि रबि आँत्तिनुभएको छ । उहाँले आफू अव जोगिन नसक्ने भन्दै अन्तिम शक्ति कार्यकर्तालाई उरालेर फसाउन खोजेको भाष्य बनाउने प्रयाशमा रहनुभएको छ ।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार प्रक्राउ गरेको थियो । छवि पक्राउ परेपछि रबि अव मेरो पालो आयो भन्दै तर्सनुभएको हो ।
रास्वपाले म्यासेजमा सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोप लगाएको छ । सहकारी ठगी प्रकरणमा आफ्ना सभापति मुछिएको बारे चाहिँ रास्वपाले बोलेको छैन । ठगीको मुद्धा मोडेर अन्यत्र लैजाने योजनासहित कार्यकर्ता बोलाइएको हो । रबिलाई पक्राउ गर्ने सूचना प्रहरीले पठाइसकेको छ । पूर्वगृहमन्त्री भएको कारण सो सूचना दिइएको हो ।
प्रतिक्रिया दिनुहोस्