जनता टाइम्स

११ आश्विन २०८१, शुक्रबार १६:२३

सर्वोच्चका दुई न्यायाधीश सिफारिश


काठमाडौं, ११ असोज । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ । आज बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस हुनुभएको पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाई हो ।

उहाँ उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुनुहुन्थ्यो । नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावलीको संशोधन गैर संवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दवाद दिँदै विरोध गरिरहेका बेला परिषदले न्यायाधीश सिफारिश गरेको छ ।