जनता टाइम्स

१३ आश्विन २०८१, आईतवार ०९:५९

कोही नआउने भएपछि प्रचण्डले एक्कासी स्थगित गरे सर्वदलीय बैठक


काठमाडौं, असोज १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको सर्वदलीय बैठक स्थगित भएको छ ।

अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आव्हान गर्नुभएको थियो ।

सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नभएर स्थगित गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । सरकारले आइतवार नै १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ ।

माओवादी अध्यक्ष दाहालले सरकारलाई समेत ओभरटेक गरी चर्चा कमाउन बैठक बोलाउनु भएपछि सो बैठकमा बिपक्षी गठबन्धनमा रहेका दलहरु समेत नआउने सूचना पठाएका थिए । सोही कारण सरकारले बैठक बोलाइसकेको भन्दै दाहालले आफ्नो लाज जोगाउन बैठक स्थगित गर्नुभएको हो ।