काठमाडौं, कात्तिक २७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको पहिलो बैठक आह्वान भएको छ । परराष्ट्र मन्त्रालयको पत्र अनुसार समितिका संयोजक शेष घलेले मंसिर ४ गतेको लागि पहिलो बैठक बोलाउनुभएको हो ।
सर्वोच्च अदालतको चैत २१ गतेको फैसला अनुसार घलेले पहिलो बैठक बोलाएको ६ महिनाभित्र एकताको महाधिवेशन गर्नुपर्नेछ ।
समितिका सदस्य विनोद कुँवरले संघको बालुवाटारस्थित कार्यालयमा बैठक बस्ने गरी आह्वान भएको बताउनुभयो । हाल संघमा तीन समूह रहेको छ भने सबै समूहलाई मिलाएर घलेले एकताको महाधिवेशन गराउनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्