जनता टाइम्स

२९ कार्तिक २०८१, बिहीबार ०९:२१

नयाँ टेक्निकले पनि गरेन काम, २० हजारको लालचले माटोमा मिल्यो न्यायालयदेखि आफ्नै पनि इज्जत


काठमाडौं, कात्तिक २९ । चिया पसलमा बोलाएर मुद्धा जिताइदिने भन्दै सेवाग्राहीसंग घुस लिँदै गर्दा कपिलवस्तु जिल्ला अदालतका ४ जना कर्मचारी रङ्गेहात समातिएका छन ।

जिल्ला अदालत कपिलबस्तुका तहसिलदार सन्तोष मिश्रा, कम्प्यूटर अपरेटर विकास पाण्डे, नासु पशुपति डुम्रे र वेगम भुसाल २० हजार घुस रुपैयाँ घुस लिँदै पक्राउ परेका हुन । अख्तियारको टोलीले मंगलवार दिउँसो ३ बजे तौलिहवा गौढीचोकस्थित चिया पसलबाट उनीहरुलाई रङ्गेहात लिपक्राउ गरेको हो ।

अख्तियारका अनुसारअंशबण्डा मुद्धाका प्रतिवादीलाई घुस नदिएसम्म जग्गा बाडफाँड नगरिदिने र कामसमेत रोकिराख्ने भन्दै कर्मचारीहरुले एक महिनादेखि झुलाउँदै आएका थिए । सेवाग्राहीलाई घुस दिनुपर्ने बाध्यतामा पुर्याएपछि उनीहरुले मंगलवार चिया पसलमा बोलाएका थिए ।

अदालत कर्मचारीको बदमासीको विशेष सुराकीका आधारमा त्यहाँ पुगेको बुटवलस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई घेरा हाली खानतलासी गर्दा सो रकम फेला परेको हो । पक्राउ परेका तहसिल फाँटका कर्मचारीलाई आवश्यक अनुसन्धान गरी मुद्धा दायर प्रक्रियामा लैजाने अख्तियारले जनाएको छ ।