दोलखा, मंसिर १४ । दोलखाको गौरिशंकर गाउँपालिकामा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारको विषयमा भ्रामक समाचार दिएर नागरिक भ्रम सिर्जना गर्ने अनलाईनलाई प्रेस काउन्सिलले कारवाही गरेको छ ।
दोलखाको भिमेश्वर नगरपालिकाबाट सञ्चालन हुँदै आएको हेर्दाहेदै अनलाईन मिडियालाई गौरिशंकर गाउँपालिकाका उम्मेदवार उमा शेर्पाको विषयमा गतल अपुष्ट र भ्रामक समाचार सिर्जना गरेको भन्दै काउन्सिलले कारवाही गरेको हो ।
निर्वाचनलाई लक्षित गरी विनाआधार गतल र अपुष्ट समाचार सम्प्रेसन गरी नागरीकहरुमा गलत अफवाह फैलाएको र उम्मेदवारको विषयमा निर्वाचन मौन अवधीमा समेत सन्तुलनरहित एक पक्षीय समाग्री तयार पारी भ्रम सिर्जना गरेको प्रेस काउन्सिल नेपालले विज्ञप्तीमार्फत जनाएको छ ।
स्थानीय तह निर्वाचनको समयमा उक्त अनलाइनले प्रकाशन गरेको गलत समाचार पत्रकार आचारसंहिता २०७३ (पहिलो संसोधन २०७६) को ४(६) र निर्वाचन आचारसंहिता २०७९ को दफा २५ को ख वमोजिमप्रतिकुल देखिएको भन्दै कारवाही गरेको हो ।
उक्त अनलाइनले नेकपा एमालेबाट गौरिशंकार गाउँपालिकामा उम्मेदवार वनेको उमा लुङगेली मगर शेर्पाको विषयमा माथिल्लो तामाकोशी कवाडी काण्ड जाडेर सतप्रतिशत झुटो सामाग्री प्रकाशन गरेका थियो ।
गृह मन्त्रालयले समेत आज एक विज्ञाप्ती जारी गर्दैै सामाजिक सञ्जाललगाएतका माध्यमको प्रयोग गरी कानुनले निशेष गरेका कुराहरु देषपुर्ण एवमं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सदभाव र मर्यदामा आँच पुराउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याउने किसिमको घृनाजन्य अभिव्यक्ति गरिरहेको तर्फ ध्यानकर्षण भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्