काठमाडौं, मंसिर १५ । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य कृष्णकुमार झासहित २१ जना नेता कार्यकर्ता नेकपा एमालेमै फर्किएका छन । एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा झासहित नवप्रवेसी नेताहरूलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।
एमालेमा प्रवेश गर्नुहुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा कमिटीका अध्यक्ष रामस्वरुप महतो, सदस्यहरू रामभजन साह, किशोरी साह, सोनफी साह, मञ्जो मुखिया, इन्दुदेवी मुखिया, चन्द्रावती देवीलगायत रहेको महासचिवको सचिवालयले जनाएको छ ।
लामो समय कम्युनिष्ट आन्दोलनका साथै नेकपा एमालेमा क्रियाशील एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य झाले अब जीवनभर एमालेमा रहेर पार्टी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेकपा एकीकृत समाजवादीको औचित्य नभएको र भविष्य सकिएको पार्टी भएकाले आफू पुरानै घरमा फर्किएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्