जनता टाइम्स

१६ मंसिर २०८१, आईतवार २२:४५

रुकुमपश्चिमको सानीभेरीमा कांग्रेसका खत्री विजयी


रुकुमपश्चिम, मंसिर १६ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत रुकुमपश्चिमको सानीभेरी ५ मा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी हुनुभएको छ ।

आइतबार सम्पन्न निर्वाचनमा खत्री ५९० मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । खत्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत पाउनु भएको छ । उक्त वडामा २०७९ को निर्वाचनमा पनि कांग्रेसले जितेको थियो ।

आइतबार भएको निर्वाचनमा १ हजार १४६ मत खसेको थियो । जसमा १९ मत बदर भएको छ ।