जनता टाइम्स

१६ मंसिर २०८१, आईतवार २३:४४

महोत्तरीको रामगोपालपुर-२ मा एमाले विजयी, माओवादी गढ भत्कियो


महोत्तरी, मंसिर १६ । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा नेकपा एमाले विजयी भएको छ । आइतवार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सकिबुल खाँ ६ सय ३१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

खाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका आइतीकुमारी यादवले ५ सय ३४ मत पाप्त गरी उपबिजेता बन्नुपरेको छ । यस्तै नेपाली काँग्रेसका उम्मेदवार जानिफ खाँले २ सय ८४ मत पाउनु भएको छ भने जसपा नेपालका उम्मेदवार नजामुदिन खाँले ३८ मत पाउनु भयो ।

यस वडामा २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका मुकेश यादव ४३३ मत ल्याएर निर्वाचित हुनुभएको थियो । उपनिर्वाचनमा उनै मुकेशकी श्रीमतीलाई माओवादीले उम्मेदवार बनाएको थियो । तर पराजीत हुनुभएको हो ।