ताप्लेजुङ, मंसिर १७। ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ ।
एमाले उम्मेदवार कुमार सावादेन ३५३ मतका साथ विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अम्वी साउदेनले २५२ मत पाउनु भयो भने कांग्रेसका भीमकुमार लक्सम्वाले २१८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले ५४ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका देवी प्रसाद पौडेलले ७ मत मात्र प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्