काठमाडौं, मंसिर १८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिक विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ‘अन्य’ आदेश दिएको छ ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार अन्तरिम आदेशका लागि मुद्दालाई प्राथमिकतामा राखेर अघि बढाउने गरी अन्य आदेश दिएको हो ।
एनआरएनएको निर्वाचनमा डा. बद्री केसीसँग चुनाव हारेपछि आफैले आफैलाई अध्यक्ष घोषणा गरेर हिडनुभएका आरके शर्माले गत कात्तिक ८ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
केसीसहित परराष्ट्र मन्त्रालय, गैर आवासीय नेपाली संघको कार्यालय, संरक्षक शेष घलेलगायतलाई विपक्षी बनाएर दायर भएको उक्त रिटमा सर्वोच्चले यसअघि कारण देखाऊ आदेश जारी गरेपनि मुद्दाको टुङ्गो भने हालसम्म लाग्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्