जनता टाइम्स

२० मंसिर २०८१, बिहीबार १२:२१

जनकपुर बोल्ट्सको लगातार तेस्रो जित, ७ विकेटले हार्यो पोखरा


काठमाडौं, मंसिर २०। नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो ।

जनकपुरको जितमा लाहिरु मालिन्थाले ४५ र जेम्स नीशामले ४० रन बनाए । यस्तै, आसिफ शेखले ३३ र हर्स ठाकेरले १३ को योगदान गरे ।

बलिङतर्फ पोखराका विपिन खत्री, माइकल लिस्क र कुशल भुर्तेलले १-१ विकेट लिए । पोखराको यो दोस्रो हार हो । पहिलो खेलमा पोखरा चितवन राइनोजसँग पराजित भएको थियो ।