दैलेख, मंसिर २९ । दैलेखको डुंगेश्वर गाउँपालिका–४ का कविराम विकले ७३ वर्षमा नागरिकता पाउनु भएको छ ।
५७ वर्षसम्म नागरिकताविहीन भएर भारतका विभिन्न गल्ली चहार्नुभएका बिक गाउँ फर्केपछि नागरिकता बनेको हो । २००८ मंसिर ३ गते जन्मिनुभएका कविरामले वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय दैलेखबाट नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।
नागरिकता ऐन, २०६३ को दफा ३ मा बाबु–आमा नेपाली रहेको भन्ने पुष्टि भएमा वंशजको आधारमा नागरिकता दिइने कानुनी व्यवस्था छ । प्रहरी प्रतिवेदन र अन्य स्रोतबाट थप जाँचबुझ गरेर नागरिकता दिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्