जनता टाइम्स

३० मंसिर २०८१, आईतवार ०८:२३

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट बृद्धको गयो ज्यान


भक्तपुर, मंसिर ३० । भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

शनिबार बेलुका ८ः१५ बजे भक्तपुरको सुर्यविनायक नगरपालिका १० नलिन्चोक जोरपाटीमा साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा रामेछापको दोरम्बा गाउँपालिका ४ घर भई नलिन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मगरलाई उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएको थियो। उपचारका क्रममा राति मृत्यु भएको हो।

मोटरसाइकल चालक काभ्रेको बनेपा नगरपालिका ६ का ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।