मलेसिया, पुस १ । मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । सोमवार भएको खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
कुल १०५ रनको लक्ष्य पाएको नेपालले १ ओभरअगावै पूरा गरी जीत निकाल्यो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन । त्यसअघि सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन ।
नेपालसँगको खेलमा पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका कोमल खानले ३८ रन बनाइन । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । यो जीतसँगै नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ । नेपालले मंगलवार भारतसँग प्रतिस्पर्धा गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्