भक्तपुर, पुस ३ । भक्तपुर नगरपालिका वडा नम्बर–२ मा छोराको हत्या गरेका छन् ।
गएराति घरायसी विवादमा अछामको कमलनगर नगरपालिका–६ घर भई भक्तपुर बस्ने ६३ वर्षीय दीपबहादुर शाहीले ३१ वर्षीय छोरा नरेन्द्र बहादुर शाहीलाई चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेका अनुसार हत्यामा संलग्न दीप बहादुरलाई पक्राउ गरिएको छ । डीएसपी न्यौपानेका अनुसार घरायसी विवाद हुँदा दीपबहादुरले छोरालाई तरकारी काट्ने चक्कु प्रहार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्